प्रधानमन्त्रीको टिप्पणी : विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो

प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे ।

‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त गर्दा पनि कांग्रेसले छाती पिटेको टिप्पणी गरे । ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘ यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताए । ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो ।’

कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई प्रधानमन्त्री ओलीले चेतावनी दिए । कम्युनिस्ट भएकै कारण कतिपयले विप्लव समूहप्रति नरम हुनुपर्ने भनेको भन्दै उनले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको दावी गरे ।

‘कम्युनिस्टको बर्को ओढेकाले कतिपयलाई केही अप्ठेरो लाग्न सक्छ । गृहमन्त्रीलाई नियन्त्रण गर्न खोजे भनेर पनि आएका छन्’, उनले प्रश्न गरे, अनि के गृहमन्त्रीले उनीहरुलाई पड्काउ बम पड्काउ भन्ने ?’ radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार