लगानी जुटाउन महाभेला

गोपालचन्द्र सुवेदी/काठमाडौँ। समृद्ध नेपाल निर्माणको अभियान सार्थक बनाउने गरी नेपाललाई लगानीकर्ताको उपयुक्त गन्तव्यका रूपमा स्थापित गराउने लक्ष्यसहित सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन आजदेखि शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सो सम्मेलनमा विभिन्न ४० देशका लगानीकर्ता, विकास साझेदार, कूटनीतिक निकायका प्रतिनिधि, सरकारका प्रतिनिधि बहुराष्ट्रिय कम्पनीका अधिकारीलगायत ६५० विदेशी प्रतिनिधिको सहभागिता रहने आयोजक लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।lagani_3

बोर्डका अनुसार सम्मेलनमा भाग लिन बिहीबार साँझसम्म ४५० विदेशी अतिथि नेपाल आइसक्नु भएको छ । राजधानीको सोल्टी होटलमा हुने उक्त सम्मेलनको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ । सम्मेलनमा महìवपूर्ण व्यक्तिका रूपमा विश्व बैङ्कअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकाय (एमआईजीए)का उपाध्यक्ष केइको होन्डाको उपस्थिति हुनेछ ।

त्यस्तै, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजीक्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लङ्केस, एसियाली पूर्वाधार लगानी बैङ्कका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष डोङ लीलगायत माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे तथा स्वदेशी कम्पनीमा डाबर नेपाल, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्चपदस्थ प्रतिनिधिको उपस्थिति हुनेछ । अतिथिको सहज आवागमन र सुरक्षा व्यवस्थाका लागि गृहमन्त्रालयले पनि आवश्यक प्रबन्ध मिलाइसकेको छ । गैरआवासीय नेपालीसहित करिब ४५० नेपाली लगानीकर्ता तथा सरोकारवालाले पनि यो सम्मेलनमा भाग लिँदै छन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने सहयोगी कदमका रूपमा लिइएको दुईदिने यो सम्मेलनमा नेपालमा लगानीका अवसर, यसका लागि सरकारले गरेका नीतिगत सुधारबारे विश्व समुदायलाई जानकारी गराउने गरी विभिन्न अन्तक्र्रिया सत्र तय गरिएका छन् ।
नेपालमा लगानी आकर्षणका लागि थप के कस्ता सुधार गर्नुपर्ने छ भन्ने विषयमा विदेशीका सुझाव लिने पनि यो सम्मेलनको अर्को लक्ष्य हो । यसका अतिरिक्त नेपालको निजीक्षेत्रलाई अन्तर्राष्ट्रिय लगानीकर्तासँग व्यावसायिक साझेदारीको अवसर दिने तथा सार्वजनिक निजी साझेदारीको अवधारणालाई प्रवद्र्धन गरिने बोर्डले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने उद्घाटन सत्रलाई म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैङ्कका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन, अर्थमन्त्री डा.युवराज खतिवडा तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत तथा लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालमा लगानीका क्षेत्रगत सम्भावनाहरू उजिल्याउने र लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्ने गरी दुई दिन विभिन्न क्षेत्रगत सत्रहरू सञ्चालन हुनेछन् । पहिलो दिन ‘नेपालमा लगानीको अवसर’ सत्रलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थसचिव लालशङ्कर घिमिरे प्रस्तुतीकरण दिनुहुनेछ । यो शत्रको सहजीकरण नेपाल उद्योग वाणिज्य
महासङ्घका पूर्वअध्यक्ष सुरज बैद्यले गर्ने कार्यक्रम छ ।

ऊर्जाक्षेत्रमा नेपालमा लगानीको सम्भावना र सम्भावित आयोजनाबारे छलफल गर्ने गरी ऊर्जामन्त्री वर्षमान पुन, पावर चाइनाका महाप्रबन्धक सङ डोङसेन, नेपालका ऊर्जा विज्ञलगायतको सहभागितामा नेपालमा १५ हजार मेगावाट बिजुली उत्पादन, खपत र अन्तरदेशीय प्रसारणलाइनमार्पmत निकासीको सम्भावनाबारे ऊर्जा सत्रमा छलफल हुनेछ ।

डिजिटल इकोनोमी र यसमा नेपालले लिन सक्ने लाभका विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विज्ञ टोलीले बृहद् अन्तक्र्रिया गर्नेछ । रोजगारी सिर्जनाका लागि औद्योगिक आधार निर्माण गर्नेसम्बन्धी सत्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवसहित, सूर्य नेपालका कार्यकारी निर्देशक अभिमन्यु पोद्दार, चिनियाँ कम्पनी ह्वासिनका उपाध्यक्ष सु ग्याङ, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छाले सम्बोधन गर्ने सत्रलाई पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले सहजीकरण गर्दै हुनुहुन्छ । त्यस्तै नेपालको पर्यटकीय गन्तव्य विस्तार गर्ने लक्ष्यसहितको महìवपूर्ण सत्र पनि सञ्चालन हुँदैछ ।

लगानी सम्मेलनमा औपचारिक सम्मेलनसहित विभिन्न साइड लाइन मिटिङ पनि तय गरिएका छन् । व्यवसायमा महिला सहभागिता र युवा उद्यमशीलता विकासबारेका सत्र यो कार्यक्रमअन्तर्गत सञ्चालन हुने लगानी बोर्डको कार्यालयले जनाएको छ ।

लगानी सम्मेलनको आकर्षणका रूपमा कृषि जलविद्युत्, उद्योग पूर्वाधार, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा स्वास्थ्य क्षेत्रतर्पm सार्वजनिक क्षेत्रबाट ५० र निजीक्षेत्रका २७ गरी ७७ वटा परियोजना सोकेसमा राखिएका छन् । सार्वजनिक क्षेत्रका रूपमा सरकारले कुल २८ खर्ब ९४ अर्ब १४ करोड ४८ लाख रुपियाँ लागतका र निजीक्षेत्रले तीन खर्ब ६७ अर्ब ५० करोड रुपियाँ लागत गरी कुल ३२ खर्ब ६१ अर्ब ६८ करोड ४८ लाख रुपियाँको परियोजना प्रस्ताव गरिएको छ |http://gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार