आठौं राष्ट्रिय खेलकुद वैशाखमा

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो ।

यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो । पटक पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको हो ।

राखेपकाका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशलाको निर्माण कार्य नसकेपछि अन्यौलता छाएको थियो । अहिले रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य धमाधम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार