ओखलढुंगाको भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने तिन जना घाईते भएका छन् ।
सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा मिङमा शेर्पा, साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शनिग्रह र्पा, डोमा र नुमा शेर्पाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घाईतेलाई प्राथमिक उपचार घुर्मिमा भईरहेको छ । प्राईभेट स्कार्पियो जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको बताइएको छ ।