१५ औं पञ्चवर्षीय योजनाको आधारपत्र पारित

news

काठमाडौं । राष्ट्रिय विकास परिषद्को २ दिने बैठकबाट १५ औं पञ्चवर्षीय योजनाको आधारपत्र पारित भएको छ ।

दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य र २५ वर्षको दिर्घकालिन विकासको लक्ष्य सहित यो आधारपत्र तयार गरिएको हो ।

आधारपत्र पारित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षमा समग्र राष्ट्रिय उत्पादन ५० प्रतिशत बढाइने र मुलुकलाई अल्पविकसित मुलुकको सिमाबाट पनि स्तरोन्नती गरिने बताए ।

योजना समाजवादको विकासका लागी ल्याइएको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट देखि नै कार्यान्वयनमा ल्याउँदा कार्यान्वयनको सुनिश्चितता बढ्ने भन्दै चाँडै नै अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन सहयोगका लागि सबैमा आह्वान गरे ।

वित्तीय व्यवस्थापन र आर्थिक अनुसाशनमा भने सुधार ल्याउनै पर्नेमा अर्थमन्त्री डा. खतिवडाको जोड छ ।

विदेशी सहायतालाई निश्चित समयसम्म मात्र लिनेगरी विदेशी सहयोग परिचालन गरिने उद्देश्य रहेको र निजी क्षेत्रलाई विकासको संभाहकका रुपमा अगाडी बढाइने डा. खतिवडाले उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षीय योजना र २५ वर्षिय दिर्घकालिन सोचले नेपालको राष्ट्रिय लक्ष्य पुरा गर्ने जनाएको छ ।

संघीयता कार्यान्वयन पछिको पहिलो  योजना भएकोले योजनामा चालु परियोजनालाई छिटो भन्दा छिटो पुरा गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै परियोजना बैंकको अबधारणा शुरु गरिने, अनुगमन मुल्याकंन लाई प्रभावकारी बनाइने, दण्ड सजायको व्यवस्था गरिने लगायतका सुधारले परियोजना कार्यान्वनयमा सुधार आउने आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलको दाबी छ ।

१५ औं पञ्चवर्षीय योजना कार्यान्वयनमा चुनौतीपुर्ण भएपनि नितिगत रुपमा भने बलियो भएकोेले यो उद्देश्य पुरा हुने विश्वास सरकारको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार