कमल थापा गिरफ्तार, प्रहरीबाटै खोसे कार्यकर्ताले

काठमाडौं । हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् ।

प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो । तर कार्यकर्ताहरुले प्रहरी नियन्त्रण परिसकेका थापासहितका नेतालाई खोसेर आफैसँग फिर्ता ल्याएका छन् ।

काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडपको अवस्था आएको थियो ।

प्रहरीले अध्यक्ष थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्रे पनि कार्यकर्ताले फेरि फिर्ता ल्याएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले सोमबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको थियो । imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार