काठमाडौं, चैत २५ । स्थायी शिक्षकहरुले पेसागत हकहित संरक्षणका लागि भन्दै स्थायी शिक्षक हकहित संरक्षण मञ्च गठन गरेका छन् ।
सोमबार राजधानीमा आयोजित स्थायी शिक्षकहरुको राष्ट्रिय भेलाले मञ्च गठन गरेको हो ।
निजामती कर्मचारीसरह सेवा–सुविधा पाउनुपर्ने माग उनीहरुले गरेका छन् ।
भेलामा सहभागी शिक्षकहरुले श्रेणीगत बढुवा नभइ तहगत हुनुपर्ने, बढुवाका लागि हाल कायम ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकन र २५ प्रतिशत खुला प्रतियोगितालाई परिमार्जन गरी २५ प्रतिशत कार्यसम्पादन मूल्यांकन, शिक्षकको मर्यादाक्रम तोकिनुपर्ने, ७५ प्रतिशत खुला प्रतिस्पर्धा बनाउनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक मान्यता दिनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।
आन्तरिक प्रतियोगिताबाट स्थायी भएका शिक्षकको बढुवा आफूहरुकोभन्दा पहिले हुने र आफूहरुको सेवा अवधिभर पनि बढुवा नभएको गुनासो पनि उनीहरुको छ ।
Imagekhabar.com