सन्तोष राउत/सोलुखुम्बु । थुलुङ राई भाषाको कक्षा–२ को पाठ्यसामग्री ‘हालाम–न’ प्रकाशनका लागि सोलुुखुम्बुको सबै भन्दा ठूलो गाउँपालिका ‘थुलुङदूधकोशी गाउँपालिका’ ले १० लाख रुपियाँ विनयोजन गरेको छ ।
अघिल्लो वर्ष ‘हालाम–को’ कक्षा १ को पाठ्यपुस्तक प्रकाशन गरी पढाई समेत सुरु गरिसकेको ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ लाई गाउँपालिकाले २ कक्षाको यस वर्षबाट पठनपाठन गर्नका लागि १० लाख बजेट उपलब्ध गराएको हो ।
मुक्लीमा भएको गाउँ कार्यपालिकाको बैठकले रकम सहयोगको निर्णय गरेको थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । भाषा संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएकाले त्यसतर्फ सबैलाई आवश्यकता अनुसार सहयोग गर्ने अध्यक्ष राईले बताउनुभयो ।
विगतमा विभिन्न कारणले धेरै भाषाहरु लोप हुन लागेको अवस्थामा बहुभाषिक देसको पहिचान कायम गर्न थुलुङ दुधकोशी गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । गाउँपालिकाभित्रका भाषा पढाई हुने विद्यालयहरुका लागि यस शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने जानकारी दिनुभयो । भाषाको योग्य शिक्षक तयार भए कोटाको व्यवस्था गाउँपालिकाले गर्ने उहाँको भनाइ छ ।
यसअघि प्रतिष्ठानका थुलुङ समुदायका पुर्खा पूर्व शिक्षक पाँचवीर थुलुङबाट थुलुङ भाषाको व्याकरण ‘नाम्स्योर थुलुङ बोक्छेम’ प्रकाशन गरिएको छ । किराती समुदायभित्र पर्ने थुलुङ समुदायले बोल्ने थुलुङ भाषालाई आधार मानेर थुलुङ भाषाको व्याकरण तयार गरिएको हो ।
चार दशक भन्दा बढी शिक्षण पेशाको अनुभव भएका पाँचवीर थुलुङ राईले अध्ययन अनुु्ुसन्धान गरी पुस्तक तयार गर्नु भएको हो ।
थुलुङ भाषामा प्रयोग भएका स–साना शब्दहरुलाई अर्थ दिने गरि भाषामा एकरुपता तथा थुलुङ भाषाको मातृभावलाई जोगाउने कोशिस गरिएको उहाँले बताउनुभयो । यसरी भाषा संरक्षणका लगि गाउँपालिकाले गरेको सहयोबाट स्थानीय समूदाय खुशी भएका छन् ।
फोटो पनि छ ।