तयार भयो सुन्दर हिमाली होमस्टे

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको तल्लो क्षेत्रमा रहेको सुन्दर पर्यटकीय स्थल पत्तालेमा स्थानीय युवाहरुले हिमाली होमस्टे बनाएका छन् । सगरमाथालगायत दर्जनौँ हिमश्रृङ्खलाको मनोरम दृश्य सहजै देख्न सकिने पत्तालेमा सुविधासम्पन्न होमस्टे पहिलो पटक निर्माण गरिएको हो ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको पत्तालेमा तरकारी विकास निर्देशनालय काठमाण्डौँको २५ लाख रुपियाँ र स्थानीय युवाको साझेदारीमा होमस्टे निर्माण गरिएको हो । करिब एक करोड रुपियाँको लगानीमा उक्त होमस्टे तयार भइरहेको सञ्चालक सदस्य राजकुमार मगरले जानकारी दिनुभयो ।

होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा राखिएको छ । स्थानीय युवा प्रकाश मगरले भन्नुभयो, पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको पत्तालेमा पारिवारिक वातावरणमा बस्न पाउने गरी होमस्टे बनेकाले पर्यटकको आगमन बढ्नेछ । खुलेको मौसममा रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले प्रभावकारी बासको व्यवस्था आवश्यक भएको उहाँको भनाइ छ ।

आखाले भ्याउञ्जेल दिनभरि विभिन्न हिमश्रृङ्खलाको अवलोकन गर्ने, उकाली ओरालीको अनुभव लिने, सा“झ परेपछि पारिवारिक वातावरणमा बस्नका लागि होमस्टेको अवधारणा ल्याएको सञ्चालकहरुको भनाइ छ । होमस्टेमा स्थानीय खानाका परिकार तथा पर्यटकले रोजेका खानाका परिकार खाने व्यवस्था गरिएको छ भने सुत्नका लागि सुविधा सम्पन्न अलग अलग सानो घर निर्माण गरिएको छ ।

होमस्टेमा राम्रो सेवा सुविधा दिन सके पर्यटक बढ्ने यूवा पर्यटन व्यवसायी नवराज तामाङले बताउनुभयो । केही समयअघिसम्म खान बस्नका लागि सुविधासम्पन्न होटल नभएको पत्तालेमा पछिल्लो समय होमस्टे तथा होटल खुल्न थालेपछि पर्यटकलाई सहज हुन थालेको उहाँले बताउनुभयो । आफूले पनि समय समयमा विदेसी पर्यटकलाई त्यस रुटबाट ल्याउने गरेको भन्दै पत्ताले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थान भएको तामाङको भनाइ छ ।

पत्तालेलाई चिनाउनका लागि विभिन्न पर्यटकीय गतिविधिहरु सञ्चालन गर्ने, पर्यटकीय आकर्Èणका क्षेत्र पहिचान गर्ने र विभिन्न माध्यमबाट प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने व्यवसायीहरु बताउँछन् । विशेष गरी भारतीय पर्यटकका लागि गर्मी छल्न र सस्तोमा सगरमाथा लगायत दर्जनौँ हिमाल हेर्न नजिक पर्ने भएकाले त्यसतर्फ प्रचारमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

होमस्टेबाट स्थानीयबासीलाई पनि फाइदा पुग्ने सञ्चालक बताउँछन् । होमस्टेमा बस्न आउने पर्यटकले स्थानीय उत्पादन खाने भएकाले त्यहीं उत्पादित सामानको खारिद बिक्री हुने हुँदा स्थानीयको आयआर्जनका बाटो खुल्दछ । गाउ“घरमा अर्गानिक खाना खान पाउ“दा पर्यटक पनि खुसी हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार