लुक्लामा भएको विमान दुर्घटनामा मृत्यूहुनेको संख्या तीन पुग्यो


सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना मृत्यू हुनेको संख्या तीन पुगेको छ । समिट एयरका कोपाइलट सुजित ढुङ्गाना र विमानस्थलमा खटिएका पर्यटक प्रहरीका असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीकाअनुसार समिट एयरको 9NAMH (L410)  विमान लुक्का विमानस्थनलबाट विहान ९ः०७ बजे रामेछापको लागि उड्ने क्रमममा धावन मार्गबाट दाहिने पट्टी मोडिई हेलिप्याडमा रहेको हेलिकप्टरमा ठोकिइ दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा उक्त विमान र मनाङ्ग एयरको हेलिकप्टर 9N-ALC पुर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुर्घटनामा परी श्रीएयरलाइन्सको हेलिकप्टर 9N-ALK लाई सामान्य क्षति पुगेको छ । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन् ।

त्यस्तै, विमानका मुख्य चालक रविन्द्र रोकाय, मनाङ्ग एयरका चालक चेतबहादुर गुरुङ गम्भिर घाइते भएका छन् । घाइतेको राजाधानीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विमान चालक रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनास्थानमा मृत्यु भएका दुबैजनाको शब हेलिकप्टरबाट शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि ल्याइएको छ । दुर्घटनामा समिट एयरको उक्त विमानमा दुई जना चालक र एक जना विमान परिचारिका सवार थिए । विमान परिचारिका रश्मी लामा भने सुकुसल रहेको बताइएको छ ।

दुर्घटनामा परेको विमान लेट एअरक्राफ्ट हो । चेक गणतन्त्रमा बनेको एल ४०१ टर्बोलेट विमान डोनियरसँग मिल्दोजुल्दो मानिन्छ । छोटो दूरीको उडान भर्न यस्ता विमानको प्रयोग हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार