१५ शैयाको अस्पताल बन्ने

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको दुर्गम गाउँ खरिखोलामा सुविधा सम्पन्न सामूदायिक अस्पताल बन्ने भएको छ । अस्पतालको प्रदेस नं. १ का मुख्य मन्त्री शेरधान राई र एक्सन खरिखोला स्विजरल्याण्डका उपाध्यक्ष मि.एन्ड्री साउदिएरले संयुक्त रुपमा शिलन्यास गर्दै अस्पतालको शिलन्यास गर्दै मन्त्री राईले दुर्गमको मुख्य आवश्यकता मध्ये स्वास्थ्य पनि भएकाले निर्माण तथा सञ्चालनमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

अस्पताल निर्माणका लागि खुम्बुपासाङल्हमू गाउँपालिकाले ९० लाख रुपियाँ र एक्सन खरिखोला स्विजरल्याण्डले एक करोड ५० लाख रुपियाँ लगानी गर्ने सहमति भएको अस्पताल व्यवस्थापन समितिका सदस्य तिलक रानामगरले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि स्थानीय समाजसेवी खारिखोला ट्रष्टका उपाध्यक्ष शेरबहादुर रानामगरले विदेशी सहयोग जुटाउनु भएको हो । गाउँको मुख्य समस्या स्वास्थ्य उपचार भएकाले सहयोगी दातालाई अस्पताल निर्माणमा लगानी गर्न अनुरोध गरेको उपाध्यक्ष मगरले बताउनुभयो । बजेट नपुग भएका गाउँपालिकाले थप गर्ने जनाएको छ ।

गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । स्थानीय भलाकाजी मगरले भन्नुभयो, गाउँमा सानो विरामी हुँदा पनि हेलिकप्टर चार्टर गरेर उपचार गराउन बाध्य छौँ, अब गाउँमानै अस्पताल बनेपछि धेरै सजिलो हुन्छ । अस्पताल बनेपछि सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने उहाँको माग छ ।

खरिखोलाका लागि लुक्लामा रहेको पासाङल्हमू निकोलनिकी अस्पताल र जिल्ला अस्पताल फाप्लु जान निकै टाढा पर्दछ । खुम्बु पर्यटनको मुख्य पदमार्गमा पर्ने खरिखोलामा अस्पताल बनेपछि पर्यटकलाई समेत उपचारमा सजिलो हुने पर्यटन व्यवसायीको भनाइ छ । धुले सडक सञ्जालले पनि भर्खरै मात्र जोडिएको र नजिकमा सुविधा सम्पन्न अस्पताल पनि नहुँदा पर्यटकलाई समेत समस्या हुने गरेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार