सोलुखुम्बु। सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । आईतबार साँझ घरेलु भरुवा बन्दुकमा बारुद्ध भर्ने क्रममा पड्किँदा माप्यदुधकोशी गाउँपालिका–४ डाँडागाउँका २० बर्षिय सुमन राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मापौडेलले जानकारी दिनुभयो ।
बन्दुक भर्ने क्रममा पड्किएर पेटमा लाग्दा गम्भिर घाईते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा राती एक बजे बाटैमा मृत्यु भएको प्रनाउ शर्मापौडेलले बताउनुभयो । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । मृतकका आफन्त आएपछि पोष्टमार्टम गर्ने र घटनाको विषयमा थप अनुसन्धान भईरहेको उहाँको भनाइ छ ।
गृह मन्त्रालयले पटक पटक सूचना जारी गर्दापनि सूचनाको वेवास्ता गरी गाउँघरमा हातहतियार लुकाएर राखिएका कारण यस्ता घटना हुने गरेका छन् । प्रनाउ शर्माकाअअनुसार अझैपनि कसैसँग बन्दुक भए बुझाउन सकिने र फेला परेमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने छ ।