प्रधानमन्त्रीबाट हस्तान्तरित प्रमाणपत्र नै नक्कली

प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधामन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवास आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्त्रण गरेको वर्ल्ड बुक अफ रेकर्ड (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको भनेर हस्तान्त्रण गर्नेहरूको ध्यान दिएको पाइएन। उनीहरूले हस्तान्त्रण गरेको प्रमाण नक्कली थियो।

प्रमाणपत्रमा सन्तोष शुक्ला गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन्। उनलाई भारतको सर्वोच्च अदालतको वकिल भनेर उल्लेख गरिएको छ। तर गुगलमा उनको बारेमा सर्च गर्दा उनको संलग्नता वर्ल्ड बुक अफ रेकर्ड प्रमाणीकरणमा मात्र देख्न सकिन्छ। उनको नाम सर्वोच्च अदालतको सूचीमा पनि छैन।

डब्लुबिआरको नेपाल प्रतिनिधि सागर कट्वाल शुक्ला भारतको सर्वोच्च अदालतको पूर्णकालीन वकिल नभइ आंशिक रूपमा मात्र कानुन व्यवसायमा संलग्न रहेको बताउँछन्।

विभिन्न भारतीय वेबसाइटले वर्ल्ड बुक अफ रेकर्डलाई नक्कली वर्ल्ड बुक रेकर्ड सर्टिफिकेटको सूचीमा राखेका छन्। इन्डिया बुक अफ रेकर्ड (आइबिआर) जुन भारत सरकारको मातहतमा दर्ता भएको छ त्यसले डब्लुबिआरलाई नक्कली विश्व रेकर्डमा सूचीकृत गरेको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार