खुम्बुको पर्यटन प्रभावित

सोलुखुम्बु। सोलुखुम्बुको व्यस्त तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठ्माण्डौँबाट हुने उडान रामेछापबाट हुन थालेपछि खुम्बुको पर्यटन प्रभावित भएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य अवधिभर बिहान आठ बजेसम्म रामेछापको मन्थली विमास्थलबाट लुक्लाका लागि उडान हुने भएपछि पर्यटक घटेको पर्यटन व्यवसायीहरु बताउँछन् । यूवा पर्यटन व्यवसायी तथा हिमालयन म्याजिक टे«क्स प्रा.लि.का प्रबन्धक नविन कार्कीका अनुसार अपायक स्थानबाट उडाउनुपर्दा पर्यटक घटेका हुन् ।

करिब १५ समूह भन्दा बढी पर्यटक खुम्बुका लागि पठाएको बताउने कार्कीले मौसममा खराबी आउँदा रामेछापबाट फर्काएर फेरी काठ्माण्डौँबाट सडक यातायातबाट जानुपर्दा दोहोरो झन्जट भएको बताउनुभयो ।

रामेछापको मन्थली विमान स्थलबाट उडान गर्दा यात्रुलाई थोरै असुविधा भएपनि काठ्माण्डौँको ट्राफिक जामका कारण आकाशमा लामो समय होल्ड भएर बस्नुपर्ने समस्या नहुने नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो । यस सिजनमा खुम्बु आउने पर्यटकलाई काठमाण्डौँबाट सडक मार्गबाट रामेछाप ल्याउने र रामेछापबाट लुक्ला विमानस्थलका लागि उडान भइरहेको उहाँको भनाइ छ ।

पर्यटन व्यवसायीले भने मन्थलीसम्म पर्यटकलाई लैजान सयम लाग्ने र झन्जटिलो हुने बताएका छन् । अहिले लुक्लामा समिट, सीता र तारका हवाई जहाजको उडान भइरहेको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । त्यसमा दर्जनौँ हेलिकप्टर पनि उडान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार