नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

 

‘लामो समयदेखि टुंगिन बाँकी सांगठनिक एकीकरणमा ७७ जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवका बारेमा टुंगो लगाएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भोलि सूची सार्वजनिक गरिने छ।’

 

केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि उनले बताए ।

त्यस्तै सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार