सोलुखुम्बुमा जीप दुर्घटन,चार जना गम्भिर घाइते


सोलुखुम्बु। सोलुखुम्बुको माप्य दूधकोशी–२ खाली भन्ने भीरमा जीप दुर्घटना हुँदा चार जना गम्भिर घाइते भएका छन् । खुम्बुपासाङल्हमू गाउँपालिका १ खरिखोलाबाट सल्लेरी आउँदै गरेको बा २० च ८८६६ नम्बरको बोलेरो जीप भीरबाट करिब दुई समय मिटर तल खसेको हो ।

जीप रोकेर चालक बाहिर यात्रु बोलाउन बाहिर गएको बेला आफैँ गुडेर दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी ललित कार्कीले जानकारी दिनुभयो । जीपमा पाँच जना यात्रु रहेकोमा अगाडी रहेका एक जना हामफलेर सशुसल रहेका छन् ।

कार्कीकाअनुसार घाइते हुनेमा माप्यदूधकोशी गाउँपालिका १ की अन्सुमाया राई, खुम्बुपासाङल्हमू गाउँपालिका १ की सञ्चीमाया राई, ओखलढुङ्गाको खिजी फलाटेका सुमन तामाङ र छत्रमान तामाङ रहेका छन् । घाइते एकजनाको यो समाचार तयार पार्दासम्म बोली आउन सकेको छैन ।

घाइतेको स्थानीय स्थास्थ्य चौकीमा प्राथमिक उपचार गरी सुमन तामाङलाई जिल्ला अस्पताल फाप्लु पठाइएको छ भने तीनजनालाई काठमाण्डौँमा हेलिकप्टर मार्फत लगिएको कार्कीले बताउनुभयो । जीप न्यूट्रलमा भएर आफँै गुडेको हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार