काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
हिन्दूराज्यलगायतका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपालाई सरकारले मंगलबार वार्तामा बोलाएको थियो ।
सिंहदरबारमा भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानभन्दा बाहिरका विषयमा सरकारले सम्झौता गर्न नसक्ने बताएपछि वार्ता अघि बढ्न नसकेको जानकारी दिए ।
यद्यपि, वार्तापछि मन्त्री ढकालले पहिलो चरणको वार्ता सौहार्दपूर्ण रहेको बताए ।
राप्रपाको तर्फबाट वार्ता टोलीका संयोजक दीपक बोहराले आफूहरुले २२ बुँदे मागको विषयमा सरकारलाई जानकारी गराएको तर सरकारी पक्षले भने राप्रपाका मागहरुमै पुनःविचार गर्न भनेको बताए ।imagekhabar.com