काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का महसुस

unn.prixa.net
काठमाडाैं । काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । नेपाली समय अनुसार आज बिहान करिब साढे छ बजे भूकम्पको धक्का महसूस भएको हाे ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पको धक्का महसूस भएपछि काठमाडाैंका  मानिसहरु सडकमा निस्किएका छन् ।

पहिलाे भूकम्पकाे महसुस भएकाे लगत्ते अर्काे भूकम्प नि महसुस भएकाे छ । बिहान करिब ६ : ४२ मा अर्काे भूकम्पकाे महसुस भएकाे हाे ।

भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको पनि आज चार वर्ष भाेलि पूरा हुने छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

गोरखा भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लिएको थियो । २२ हजार तीन सय नागरिक घाइते भएका थिए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार