रिना बस्नेत हत्याकाण्डको सनसनीपूर्ण खुलासा

काठमाण्डौ । मोरङमा भएको रिना बस्नेत हत्या प्रकरण जटिल बन्दै गएको छ । प्रहरीले हत्याबारे छानविन गरिरहेको छ भने स्थानीयले प्रहरीको छानविनप्रति विश्वास गर्न सकेका छैनन् । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ । यो हत्या प्रकरण पनि कतै निर्मला प्रकरण जस्तै हुने त हैन भन्ने आशंका उब्जिएको छ ।

वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

रिनाको मृत शरिर जुन अवस्थामा भेटिएको थियो, त्यसले बलात्कारसमेत भएको हो कि भन्ने आशंका बढाएको हो । यद्यपी अनुसन्धान र परीक्षणले नै यसको छिनोफानो लगाउनेछ ।

स्थानिय विर वहादुर वस्नेतको घरमा डेरा गर्दै ३ तला माथी वसोवास गर्दै आएकी रिनाको शव भने कोठा भन्दा लगभग ३० फुट दक्षिणमा भेटिएको थियो । उत्तर दक्षिण फर्किएको उनको घरमा कोठा बाट दक्षिण तिर रहेको वाथरुमको सिधा तल वाटोमा उनको शव पनि उत्तर दक्षिण फर्किएको अवस्थामा फेला परेको थियो ।

कोठावाट वाथरुम सम्मको वाटो र उनको मृत शरिरको अवस्था हेर्दा सर्वसाधरणको अनुमान भने यदि रिनाले माथीबाट लडेर मृत्यु वरण गरेकी हुन भने उनको शव पनि पुर्व–पश्चिम फर्केको हुुनुपर्ने तर त्यस्तो नरहेको तर्क पनि गरिएको छ । मृतक रिना बस्न्ेतको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार नभएको पाइएको प्रहरीले स्प्ष्ट पारेको छ । तर रिनाका आफन्त, स्थानीय र संघर्ष समितिले उक्त रिपोर्ट गलत भएको जिकिर गरेका छन् ।

रिनाको मृत्यु भएकै रात त्यस क्षेत्रमा एक ठेलामा शंकास्पद वस्तु राखेर हिँडेको देखिएको थियो । सिसि टिभी फुटेजबाट देखिएको उक्त दृश्यबारे पनि प्रहरीले अनुसन्धान गर्यो । तर रेक्सामा भएको वस्तु रिनाको शव नभएको चालकको दावी छ ।

रिना एउटा प्रतिनिधि घटना हो । त्यस क्षेत्रमा एक वर्षको अवधिमा ५ ओटा रहस्यमय मृत्युका घटना भइसकेको छ । रिना मृत्यु प्रकरण अब कहाँ पुगेर टुङ्गिन्छ त्यो भने हेर्न बाँकी नै छ ।Reportersnepl.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार