उपमेयरले मेयरको राजिनामा मागिन्

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्कामाथि विभिन्न आरोप लगाएपछि खड्काले खण्डन गरेकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खड्गीले खुला मञ्चमा बनाइएका अवैध सटरबारे अनुगमन गर्न र टुङ्गो लगाउन आफूलाई कुनै जिम्मेवारी नै नदिइएको दावी गरिन् ।

मेयर शाक्यले उपमेयर खड्गीालई जिम्मेवारी दिइए पनि काम नगरेकाले डोजर लगाएर भत्काउनुपरेको दावी गरेका थिए । तर खड्गीले मेयर शाक्यले अनावश्यक र झुटो तर्क गरेको आरोप लगाइन् ।

खुलामञ्चमा डोजर लगाउने निर्देशन प्रधानमन्त्री केपी ओलीले नै दिएपछि मात्रै डोजर लगाइएको भन्दै खड्गीले मेयर शाक्यले आफैँले गरेजस्तो गरी जस लिन खोजेको आरोप लगाइन् ।

उपमेयर खड्गीले मेयर शाक्यका कारण महानगरले राम्रोसँग काम गर्न नसकेको आरोप लगाउँदै राजिनामासमेत माग गरेकी छिन् ।Reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार