सोलुखुम्बुमा लक्ष्मी बैङ्कको दोस्रो शाखा

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लक्ष्मी लक्ष्मी बैङ्कले औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाकै ठूलो गाउँपालिकाको केन्द्र मुक्लीमा पहिलो शाखाका रुपमा कारोबार शुरु गरेको उक्त बैङ्कले सोलुदूधकुण्ड नगरपालिकामा पर्ने सल्लेरीमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।


बैङ्कको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । दुर्गममा बैङ्क खुल्ने क्रम बढिरहेका बेला निक्षेप सङ्कलन मात्र नभई उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने बताउनुभयो ।

१०२ औँ शाखाका रुपमा स्थापित बैङ्कले बैङ्कले निक्षेप, कर्जा, रेमिट्यान्सलगायत राजधानीमा दिने सबै सेवा यहाँ उपलब्ध हुने बैङ्कका शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पर्यटन तथा महिला उद्यमशिलता कर्जा, साना तथा लघु कृषि कर्जा प्रदान गर्ने छ । बैङ्कसँगै एटिएम सेवा पनि सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार