नामले हैन, कामले नाम बनाउ प्रदेश नम्बर एक

शान्ति बस्नेत

नेपालको संविधान २०७२ लागू भएपश्चात वि.स. २०७२ असोज ३ गते राज्य विभाजन गरी ७ वटा प्रदेशहरु मध्ये नम्बर एक हो प्रदेश नम्बर एक हो । देशलाई संघीय ढाँचामा रुपान्तरणसँगै यो एकदमै पूर्वी पहाडी क्षेत्र पर्ने भ–भाग हो । प्रदेश १ मा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरु १७५.६ प्रतिवर्ग किमी जनसंख्या घनत्वको दरले बसोवास गर्छन । संघीय संरचना अनुसार प्रदेश नम्बर एक जम्मा १४ वटा जिल्लाहरु मिलेर बनेको छ । यहाँ विभिन्न जातजातिका मानिसहरुको बसोवास गर्ने गरेको पाईन्छन ।

अहिलेका जनप्रतिनिधहरुले जनताहरुलाई विश्वास दिलाउनका लागि र समाजको मूल समस्या केहो त भनेर चिन्न नसक्दा प्रदेश एकले विभिन्न समस्याहरु भोग्दै आउनु परेको छ । विकासलाई पहिलो प्राथमिकता भनेर भनिए पनि एउटा कागजी रुपमा मात्रै हस्ताक्षर गरी कार्य विनाको कार्यान्वयनमा समाजलाई रुपान्तरण गरिएको छ । एउटा प्रदेश एक मध्येकै अलि दुर्गम र हिमाली जिल्ला सोलुखुम्बु यहाँका जनताहरुको आधारभूत आवश्यकताहरु के हुन त भनेर यस क्षेत्रका जनप्रतिनिधिहरुको मन–मष्तिष्कमा भएता पनि जनताका साधरण काम नै अहिलेसम्म पनि सुलभ र सहज रुपमा हुन सकेको छैन । खाली पहिचान भन्यो काम पहिचानले मात्रै गुम्दैन हजुर पहिला नाम हैन काम चाहिएको छ । जनताहरुलाई किन काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो व्यवहार गरिन्छ । पद त्यसै आएको छैन जनताका विश्वासले यो स्थानसम्म पु¥याएको छ सेवा गर्ने पनि रहर गरेर मात्रै हुन्न अवसर चाहिन्छ, यो एउटा अवसर मानेर काम अर्थात विकासलाई मूलधार मानेर गर्ने गरौं ।

राजधानी र नामको बारे सँधैभरी बहस गरेर केही निश्कर्ष निकाल्न नसक्ने हो त ? एक नम्बर प्रदेशमा धेरै कामहरु छन् कृपया यो अमूल्य समयलाई खेर फाल्नु हुन्न । यहाँ नूनदेखि सुनसम्म फलाउन सक्ने भूगोल र जनशक्तिमा दक्षता छ, सही सदुपयोग गर्ने समय हो । अधिकार प्राप्त सरकार र सरोकारवाला जनप्रतिनिधिहरुले जस्को निम्ति प्रशस्त मार्ग निर्देशन गर्नु प¥यो । नामको विषयले नै विकासका कामहरुलाई असर पार्ने किसिमले समूदायमा बस्ने मानिसहरुको नै वैचारिक मतभेद सिर्जना हुने गरी किन नामको पछि लाग्ने सबैलाई सुहाउने सबै भूगोललाई समेटने नाम राखियो भने कसैको केही पनि गुम्दैन । एउटा जुनसुकै समूदायको जात विशेष नाम राखिदा अर्को त्यही बसोबास गर्ने मानिसलाई असर नपुगोस् न । किनकी हामी सबै जना एउटै फूलबारीका साझा फूलहरु हौँ । तर आ–आफ्नो रंग छ फूल्ने समय छ । साझा फूलबारी भएर हामी समूदायमा बस्न र बाच्न पाउनु पर्छ । कुनै पनि जातीय नारा र पहिचान लिएर सबै समूदायलाई समान अधिकार भनेर जनतालाई भ्रममा पार्नु हुन्न । सबै जात, धर्म, संस्कृति र साँस्कृतिक समाजमा हुने सबै जातजातिका आ–आफ्नै मौलिक परम्परा हुन्छन, त्यसो हुँदा एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा समाजमा धेरै समस्याहरु आउने गर्छ । त्यसैले हामी जनताले पनि के बुझ्नु पर्छ भने समाजमा जात परापूर्वक कालमा नै विभाजन गरिएको छ । जातीय नामाकरण गर्दा पहिचान हुन्छ र ठूलो उपलव्धि हासिल हुन्छ भनेर विश्वास गर्ने हैन । अब यस्ता जातीय नाराले केही पनि समाज रुपान्तरण गर्दैन किनकी समाज रुपान्तरण गर्न समावेशी नामाकरण हामी सबैलाई आवश्यक हो । सबैलाई मिल्दोजुल्दो राखिनु पर्छ । बरु हामीले अब के गर्न आवश्यक छ भने, आ–आफ्नो जातको के थियो त पूर्खाहरुको रीतिथिति, समाज कहाँ पुगी सक्यो आधुनीकरणको नाममा हामीले बाह्य संस्कृति कति भित्र्याई सक्यौं । हामीले त्यस्ता संस्कृतिको संगतले आफ्नो परम्परालाई कति ठाँउ बिर्सी सकेका छौँ ।

हो यस्ता कुराहरुलाई चाँहि अब ऐतिहासिक स्थान बनाउन बरु सबै जातजातिहरु अगाडि बढ्नु छ । “पहिचान नामले गुमेको छैन पहिचान त हामीले गरी रहेका क्रियाकलापले गुमाईरहेका छौँ“ । अबका दिनहरुमा प्रदेश नम्बर एकले पहिचान बनाउन नाम हैन आफूले काम गर्नु पर्छ भन्ने कुरामा विश्वास गर्नु पर्नेछ । नामको नाममा जातीय द्वन्द्व ननिम्तियोस । जसरी आजका दिनहरुसम्म साझा फूलबारीमा रंगीचंगी फूलहरु फूलिरहेका छन । त्यसैगरी सदा फूलिरहोस् । बरु संघीय संरचनाले फूलबारीलाई अझ मलजल गर्न मद्दत गरोस् । प्रदेश नम्बर १ मा भएका हरेक विभिन्न वस्तु स्थितिहरुको अध्ययन गरी पर्याप्त मात्रमा विकास गरी ७ वटा प्रदेश मध्ये जसरी अहिले काम चलाउ हिसाबको १ छ, अबका दिनमा नाम चलाउ किसिमले विकासबाट नै नाम चलाउने र चिनाउने काममा एकजुट हुनु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार