पञ्चेबाजा बजाएर प्रचण्डले गरे पुनः विवाह

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

प्रचण्ड निवास सुनाकोठीमा आज आयोजना गरिएको विवाहोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगात स्थायी कमिटीका अधिकांश नेता, केन्द्रीय समितिका सदस्य, पार्टी कार्यकर्ताको सहभागीता थियो ।

सो समारोहमा समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगयतको उपस्थिती थियो । दाहाल र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार