सोमबार सार्वजनिक बिदा

बैशाख  । ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ।

३० गते ९९ वर्ष पूरा गरी सय वर्ष प्रवेश गर्न लागेका जोशीको सम्मानमा विदा दिन लागिएकोे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।

राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिरअंकीत चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त सडकको नामकरण उनको नाममा गरिने लगायत २२ कार्यक्रम सार्वजनिक गरेको छ।

वैशाख ३० सम्ममा सय वर्ष पुग्न लागेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने महानगरले योजना बनाएको छ। महानगरले नगरभित्रका २९ वटै वडामा के–कति ज्येष्ठ नागरीक छन तिनिहरुको तथ्यांक बुझाउन समेत आदेश दिएको छ ।

राराष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका जोशीको महानगरले वैशाख ३० बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार