नेपाल र भियतनामबीच हवाई सम्झौता

नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीको भियतनमको औपचारिक भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने र तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको छ ।साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल र भियतनाम दुवै देशले कृषि उत्पादनलाई बजारको पहुँच दिने प्रस्तावमा विचार गर्न पनिसहमत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार