नदीमा बस खस्दा पाँच जनाको मृत्यु

धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ ।

 

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाईते भएका छन् ।

घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने अन्य घाईतेको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ । इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार