मोटरसाइकलमा दुई हेलमेट योजना तत्काल कार्यान्वयन नहुने

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ।

ट्राफिक महाशाखाले ट्वीटरमा एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो।
यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो। यो खबर सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको चर्काे आलोचना भइरहेको छ।

अलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको हो।
सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको भन्दै महाशाखाले भनेको छ, ‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने छ।’

नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार