भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ।

भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो ।

विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ ।

मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ ।

सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट सुरु भई यही मे १९ तारिखमा सकिएको थियो । चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन् ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् ।

लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ ।

यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सिमित भएको थियो । (एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार