सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ।
भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा विकसित हुन अघि बढ्नेछ।
कट्टर हिन्दु राष्ट्रवादी धारको नेतृत्व गर्दै मोदीले विश्वको दोस्रो ठूलो मुस्लिम जनसङ्ख्याको समेत नेतृत्व गर्ने छन्। र भारतले विश्वका दुई प्रमुख द्वन्द्वग्रस्त क्षेत्र कश्मीर र साउथ चाइना सी रहेको क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोज्ने छ।
भारी मतका साथ दोस्रो पटक चुनावी जित हात पारेका नरेन्द्र दामोदरदास मोदीले भारतलाई अविश्वसनीय अवसरकाबीच नेतृत्व गर्ने छन् सम्भवत: चुनौतीपूर्ण समयको समेत सामना गर्दै।
लोकसभामा बहुमत हासिल गर्ने बाटोमा रहेका मोदी प्रधानमन्त्री हुँदै गर्दा किन यस बारे ध्यान दिन जरुरी छ भन्ने पाँच विभिन्न कारण बारे यहाँ चर्चा गरिएको छ।
निर्वाचन परिणाम
मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेको छ।
अहिलेसम्मको मत परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ।
तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्।
“हामीले यस्तो हारको अपेक्षा गरेका थिएनौँ,” उनले भने. “हामी चुनावी वाचाहरू राम्रोसँग सञ्चार गर्न सकेनौँ।”
भारतका आर्थिक चुनौती
यसै वर्ष दुनियाँको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा ब्रिटेनलाई उछिन्न तयार, भारत, एक विशाल युवा जनसङ्ख्याका साथ, विश्व आर्थिक विकाशको प्रमुख संवाहक मध्य एक हुन सक्ने सम्भावना छ।
भारतको खुला अर्थनीतिमाथि आशावादी विदेशी लगानीकर्ताहरूले भारतीय कम्पनीहरूमा गत आर्थिक वर्षमा मात्रै करिब ४४ अर्ब अमेरिकी डलर लगानी गरेका छन्।
त्यस बाहेक अन्य प्रगति पनि भएका छन् – सडकको सङ्ख्यामा वृद्धि, ग्रामीण पूर्वाधार निर्माण, गरिबहरूका लागी सस्तोमा खाना पकाउने ग्यास, गाउँमा शौचालय, समान बिक्री कर, ५० करोड परिवारलाई फाइदा पुर्याउन सक्ने आशा गर्न लायक स्वास्थ्य बिमा योजना।
तर खस्कँदो माग, घट्दो आय र पछिल्लो चार दशकमा सबैभन्दा खराब बेरोजगारी दर का साथ भारत अझैपनि एउटा समस्याग्रस्त अर्थतन्त्र हो।
बढ्दो अर्थतन्त्रको मागलाई धान्न र आफ्नो युवा जनसंख्यालाई दिग्भ्रमित हुन नदिन भारतले प्रत्येक महिना दश लाख नयाँ रोजगारीका अवसरहरू श्रृजना गर्नुपर्ने हुन्छ।
आफ्नो पहिलेको कार्यकालमा सरकारले त्यस्तो लक्ष्य हासिल गर्न असफल भएको थियो। जस्लाई अब सम्बोधन गर्नु पर्ने हुन्छ।
भारतले यस्ता समस्या हल गर्न र आफ्नो अर्थतन्त्रलाई अघि बढाउन संघर्ष गरिरहेका बेला प्रश्न के उठ्छ भने: के यो रोजगार श्रृजना गर्ने दौडले भारतलाई उसका आर्थिक सहयात्रीहरूसँग व्यापार युद्ध गर्नुपर्ने अवस्था तर्फ त लैजाँदैन?
राष्ट्रवादको उदय
महानता प्राप्त गर्ने चाहना संसारभरका शक्तिशाली राष्ट्रवादी नेताहरूमा देखिएको छ। चाहे त्यो अमेरिकाका डोनल्ड ट्रम्प हुन् वा रूसका पुटिन वा चीनका सी जिनपिङ वा इजरेलका बेन्जामिन नेतन्याहु।
मोदीले पनि उनीहरूकै जस्तो राष्ट्रवादी भाषा चुनावी भाषणका बेला प्रयोग गरेका छन्। उनले भारतलाई त्रेतायुगको राम र उनको राज्यसँग तुलना गर्ने गरेका छन्।
मोदीले रामलाई आदर्श राजा र उनको शासनलाई आदर्श शासन प्रणालीका रूपमा व्याख्या गरेका छन्।
‘हाम्रा संस्थापकहरूले रामराज्यलाई लक्ष्य मानेका थिए र भाजपाको सरकार त्यसैका लागि काम गरिरहेको छ,’ भाजपाका अध्यक्ष अमित शाह भन्छन्।
तर पार्टि नेताहरू भाजपा अल्पसङ्ख्यकहरूको विरोधमा नभएको बताउँछन्।
“भाजपा एक अर्ब ३० करोड भारतीयहरूका लागि हो र यसले धर्मको आधारमा भेदभाव गर्दैन,” प्रवक्ता नलिन कोहली भन्छन्।
शक्तिशाली-नेताको राजनीति र बढ्दो भूराजनीतिक महत्व
भाजपाले मोदीको ‘५६ इन्चको छाती’ को बखान गर्ने गर्छ जुन उनको पुरुषार्थको चर्चा चलाउनका लागि बनाइएको एउटा कथा हो र त्यसको प्रमाणका रूपमा उनले पाकिस्तानका आतङ्ककारीहरू माथि गरेको आक्रमणलाई प्रस्तुत गर्ने गरिन्छ।
र उनको बारेमा फैलाइएका कथाहरूले आम जनसमुदायमा प्रभाव पारेको छ। प्रादेशिक निर्वाचनहरूमा पराजय भोगेपछि घटेको उनको चर्चा पाकिस्तानमाथिको आक्रमण पछि ह्वात्तै बढेको छ।
मोदीले राष्ट्रवादलाई काँध थापेर शक्तिहाली पुरुषको छवि बनाएका छन् । उनका समर्थकहरूले उनलाई सामान्य इतिहासबाट उठेर आएको सामान्य व्यक्तिका रुपमा चित्रित गरेका छन्।
यो सबैले आम भारतीयहरूका लागि मोदी इमान्दार, कर्मठ र निर्णय क्षमता भएका एक सामान्य नागरिक भएको छवि बनाएको छ।
मोदीको नेतृत्वमा भारतले दुई पटक पाकिस्तानसँग र एक पटक चीनसँग सामना गरिसकेको छ।
दक्षिणपूर्वी एशियामा भारत चीनको प्रतिस्पर्धी शक्तिको रूपमा उदाइरहेको छ। र मोदीले दोस्रो कार्यकालमा त्यहाँ आफ्नो प्रभाव बढाउन थप भूराजनीतिक भूमिका खोज्नेछन्।
दक्षिणपन्थी लोकप्रियतावादको उदय
भाजपाले दक्षिणपन्थी राजनीतिलाई लोकप्रियतावादसँग मिसाइरहेको छ। ट्रम्पले आप्रवासी गिरोहलाई जसरी ‘जनावर’ भने अमित शाहले त्यसैगरी गैरकानुनीआप्रवासीहरूलाई धमिरा भन्दै उनीहरूलाई बङ्गालको खाडीमा फ्याँक्ने बताएका छन्। जबकी उनीनै हिन्दू र बौद्धमार्गी शरणार्थीहरूलाई नागरिकता दिने कुरा गर्छन्।
उत्तर प्रदेशका भाजपाका गेरुवस्त्रधारी मुख्यमन्त्री योगी आदित्यनाथले कंग्रेसलाई हरियो भाइरसग्रस्त भनेका छन्। हरियो इस्लाम धर्मसँग जोडिने रङ्ग हो।
भाजपाको पाँचवर्षे कार्यकालमा भारतमा हिन्दू-मुसलमानको सम्बन्ध नराम्ररी बिग्रेको छ र मुसलमानहरू भारतमा आफ्नो भविष्यलाई लिएर चिन्तित छन्।
यो विभाजनकारी जातिवादी चुनावी राजनीति मोदीको हकमा निर्वाचन रणनीतिको रूपमा सफल देखिएको छ तर त्यहाँबाट फर्कन सहज हुनेछैन।
तर संसारभरका शासकहरू सामान्यतया बहुमतको पक्षमा जोडिन खोज्छन् तर महत्वपूर्ण प्रश्न उठ्छ: के भाजपा जातिवादको मुद्दा छाड्न चाहन्छ?
जलवायु परिवर्तन
संसारका ३० सबैभन्दा प्रदुषित वायु भएको शहरहरूमध्ये २२ वटा भारतमा छ। राजधानी दिल्लीको नजिकै रहेको प्रविधिको सहर गुरुग्राम संसारकै सबैभन्दा प्रदुषित सहर हो।
भारतले चीनको जनसङ्ख्यालाई जित्न पाँच वर्ष लाग्ने भएपनि विश्व ब्याङ्कका अनुसार अगामी वर्षबाट नै जनसङ्ख्याका कारण भारतको पानी, हावा, माटो र जङ्गलमाथि सबैभन्दा बढी दबाब पार्न थाल्नेछ।
यी चुनौतीहरूका बीच मोदीले प्यारिस सहमतिमा भारतको प्रतिबद्धता व्यक्त गरेका छन् र आगामी दशवर्षमा हरितगृह ग्यास उत्सर्जनमा ३५% कटौती गर्ने भनेका छन्।
अब प्रधानमन्त्री मोदीले आगामी पाँच वर्ष कसरी शासन चलाउँछन् भन्ने कुराले विश्वलाई ठूलो प्रभाव पार्ने निश्चित छ। बिबिसी