ग्यास सिलिन्डर विस्फोट : दुई जनाको मृत्यू , चार गम्भिर घाइते

तस्बिर: दिलिप थापामगर

काठमाडौं : राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यू भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा दुई जनाको मृत्यु भएको हो।

अन्य चारजना घाइते भएको गम्भिर घाइते भएको प्रत्यक्षदर्शी दिलिप थापामगरले जानकारी दिनुभयो । मृतक एक जनाको टाउको नभएको थापामगरले बताउनुभयो ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। अहिले मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ। घाइतेको उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।

यस्तै, अनामनगरमा पनि विष्फोट भएको खबर आएको छ। घटनाबारे बुझ्न प्रहरी त्यसतर्फ गएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार