देशभर बम आतंक र आगजनी, जनजीवन प्रभावित

काठमाडौं । आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले आतंकित बनाउन थालेका छन ।

आज बन्द्यका क्रममा देशभरकिा मुख्य शहरमा बम आतंक देखिएको छ। बाग्लुङ, रौतहट, चितवन, सर्लाही लगायतका मुख्य बजारमा बम राखिएको छ । बन सेनाले डिस्पोज गरेको छ ।

आईतबार मात्रै उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । हरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ ।

आज बन्दले गाडी चलेका छैनन , विद्यालयहरु सबै बन्दछन । सुरक्षा निकायले सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरीले जनाएको छ ।

बन्दमा मकवानपुरमा दुई सवारीसाधनमा आगजनी गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराइले बताए।

चौकीटोलस्थित प्रहरी चौकी नजिकै गएराती करिब एक बजे रोकिराखेको ट्रकमा आगजनी गरिएको उनले जानकारी दिए। आगजनीबाट गाडीको सबै भाग जलेको छ।

मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी जलाइएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा आगजनी भएको मकवानपुर प्रहरी प्रवक्ता भट्टराईले बताए।

यसअघि बिप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको क्रममा पनि यस क्षेत्रमा दुई वटा सवारीसाधनमा आगजनी भएको थियो।

प्रेसरकुकर बम डिस्पोज

गएराती एक बजे हेटौंडाको बुद्धचोक नजिक राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निस्कृय पारेको छ। बम राखेको थाहा पाउने बित्तिकै प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो।

सेनाको बम डिस्पोजल टोलीले बिहान पाँच बजे बम डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ।

नक्कली बमले त्रास

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सडक छेउमा नक्कली बम फेला परेको छ। बन्दको समयमा तर्साउनका लागि नक्कली बम राखेको पाइएको मकवानपुर प्रहरी प्रमुख प्रहरी परीक्षक मुकेशकुमार सिंहले बताए।

नरायणी सहकारी अगाडि खतरा लेखेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सेनाको बम डिस्पोजल टोलीले उक्त स्थानमा कागजको पोका मात्र फेला पारेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार