नेकपा सोलुखुम्बुले पायो पुर्णता (सदस्य सूचि सहित)

सोलुखुम्बु । पार्टी एकिकरणको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले सोलुखुम्बु जिल्ला कमिटीले पूर्णता पाएसँगै सपथग्रहण लिएका छन् । सल्लेरीमा आयोजित एक कार्यक्रममा नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यले नेकपा सोलुखुम्बु जिल्ला कमिटीका सदस्यहरुलाई सपथ गराउनुभएको हो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको कार्यक्रममा १३७ सदस्यीय कमिटीका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । सपथ ग्रहण कार्यक्रममा इन्चार्ज आचार्यले पार्टी नीति अनुरुप अघि बढ्न निर्देशन दिनुभएको छ ।

सपथ ग्रहण तथा पूर्ण बैठकका लागि नेकपा स्थायी समिति सदस्य एवं प्रदेश नम्बर १ का इन्चार्ज भिम आचार्य, सह इन्चार्ज साबित्री कुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई लगायतका नेताहरु सल्लेरी आएका थिए ।

नेकपा सोलुखुम्बुको अध्यक्षमा पूर्व एमालेका अध्यक्षसमेत रहनुभएका मानवीर राई र सचिवमा पूर्व माओवादीका अध्यक्ष समेत रहनुभएका गोम्बु शेर्पालाई जिम्मेवारी दिइएको थियो । १३७ सदस्यमा पूर्व एमालेवाट ७१ र पूर्व माओवादीवाट ६६ सदस्यहरु रहेको जिल्ला कमिटी सचिव गोम्बु शेर्पाले जानकारी दिनुभयो ।

नेकपा सोलुखुम्बुको पहिलो पूर्ण बैठक पनि सोमबार नै बस्ने कार्यक्रम रहेको सचिव शेर्पाले बताउनुभयो । नेकपा सोलुखुम्बु जिल्ला कमिटी सदस्यको नामावली यस्तो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार