सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले मुलुकमा भ्रष्टचार बढ्दै गएको भन्दै विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । सरकारकै संलग्नतामा भ्रष्टचार भइरहेको आरोप लगाउँदै तरुण दलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
सोेमबार सदरमुकाम सल्लेरीमा विरोध स्वरुप करिब ५० वटा टेम्पोमा तरुण दलका नेता कार्यकर्ता, काँग्रेसका जिल्ला नेताहरु तथा सर्वसाधारणको उपस्थितीमा र्याली गर्ने नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले जानकारी दिनुभयो ।
अध्यक्ष झाले भन्नुभयो–अधिनायकवादी, निकम्मा, भ्रष्टचारी सरकारका विरुद्धमा हामीले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विरोध कार्यक्रमको आयोजना गरेका छाँै, यसमा सरोकारवालाहरु सबैको उपस्थिती हुने मैले विश्वास लिएको छु ।
भ्रष्टचार विरुद्द काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा गत वर्ष भन्दा भ्रष्टचार बढेको छ । केही समयअघि आएको ट्रान्सपरेन्सीको प्रतिवेदन अनुसार १७५ मुलुकमध्ये नेपाल १२६ औं स्थानमा रहेको छ । सय अङ्कलाई आधार मान्दा नेपालले २९ अङ्क पाएको छ । गत वर्ष यो अङ्क ३१ थियो ।
डेनमार्क सबैभन्दा कम भष्ट्रचार हुने मुलुक रहेको उल्लेख रहेको प्रतिवेदनमा अफ्रिकी देश सोमालियामा सबैभन्दा बढी भ्रष्टचार हुने उल्लेख छ । यसैगरी दोस्रो बढी भष्ट्रचार हुने मुलुकमा उत्तर कोरिया छ ।