सरकारको विरोधमा तरुण दलले निकाल्यो टेम्पो र्याली

सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले मुलुकमा भ्रष्टचार बढ्दै गएको भन्दै विरोधको नयाँ शैली अपनाएको छ । सरकारकै संलग्नतामा भ्रष्टचार तथा अनियमितता भइरहेको आरोप लगाउँदै तरुण दल सोलुखुम्बुले मङ्गलबार सदरमुकाम सल्लेरीको बसन्त बजारबाट नयाँ बजार, फाप्लु हुँदै जिल्ला प्रशासन कार्यालय अगाडीसम्म टेम्पो र्याली गरी कोण सभाको आयोजना गरेको छ ।

विरोध स्वरुप करिब ५० भन्दा बढी टेम्पोमा लगातार हर्न बजाएर तरुण दलका नेता कार्यकर्ता, काँग्रेसका जिल्ला नेताहरु तथा सर्वसाधारणको उपस्थितीमा बाजार परिक्रमा गरेको हो ।

नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले कोणसभालाई सम्बोधन गर्दै भन्नुभयो– नेकपाको सरकारले भ्रष्टचारलाई बढवा दिँदै जनजीवन अस्तव्यस्त परेको छ । सरकारले प्रधानमन्त्रि निवासको जग्गा नीजिकरण गर्नेलाई कुनै कार्वाही नगरी आफ्ना नेताको संरक्षण गरेको छ ।

सरकारले थ्रीजीको भ्रष्टचार, वाइडबडी काण्ड, निर्मला हत्या काण्ड, एनसेलको कर छुट प्रकरण, बुढी गण्डकी आयोजना काण्ड लगायत काण्डै काण्ड मच्चाएर हावादारी गफ गर्दै हिडेको उहाँको आरोप छ । सुशासन र पारदर्शिताका क्षेत्रमा निकम्मा जस्तै बनेको सरकारले

जनताका आधारभूत आवश्यकतालाई ख्याल नगरी पानीजहाज, रेल जस्ता माहत्वकांक्षी योजनाका कथा सुनाएर जनतालाई दिगभ्रमित पार्न खोजेको अध्यक्ष झाले आरोप लगाउनुभयो ।

अधिनायकवादी, निकम्मा, भ्रष्टचारी सरकारका विरुद्धमा हामीले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विरोध कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ छ । कार्यक्रममा तरुण दलका नेता कार्यकर्ताहरु, पार्टीका नेताहरु, अन्य भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधहरुको समभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार