‘योहो’ टेलिभिजनको लोगो सगरमाथा टुप्पोमा


सोलुखुम्बु । विगत केही समयअघिा युट्युब च्यानल मार्फत विश्वदर्शक माझ आएको तथा गणतन्त्र दिवसका अवसरमा एचडी च्यानलका रुपमा आउन लागेको ‘योहो’ टेलिभिजनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । पर्वतारोहण गाइड ओङदा शेर्पाले टेलिभिजनको झण्डालाई सगरमाथा चुचुरोमा पुर्याइ फहराउनुभएको हो ।

आरोही शेर्पाले नेपालको झण्डा र टेलिभिजनको लोगो अङ्कित झण्डा एकसाथ फहराउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ । उहाँले सगरमाथा आरोहण र पाएको जिम्मेवारी दुवै पुरा गर्न पाएकोमा आनन्द अनुभुती भएको बताउनुभयो । आरोही शेर्पालाई गते वैशाख ११ गते एभरेष्ट ब्रोडकास्टिङ तथा ‘योहो’ टेलिभिजनका अध्यक्ष तथा युवा सञ्चार उद्यमी आङकाजी शेर्पाले टेलिभिजनको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

टेलिभिजनको झण्डा फहराएको खबर पाएपछि अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्दै भन्नुभयो–‘टेलिभिजन प्रसारणको पूर्व सन्ध्यामा भएको यो कामले मलाई निकै खुसी र गौरवान्वित तुल्याएको छ, सर्वोच्च शिखर सगरमाथामा हाम्रो झण्डा फहराउन पाउनु खुशीको कुरा हो । यसले हामीलाई विश्वभर चिनाउने अवसर प्रदान गरेको छ’ अध्यक्ष शेर्पाले थप्नुभयो ।

योहो टेलिभिजन नेपालको पाँचौ एचडी च्यानल हो । यही जेष्ठ १५ गतेदेखि परीक्षण प्रसारण सुरु गर्ने अन्तिम तयारीमा रहेको योहो टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार