उपनिर्वाचन गर्ने हिम्मत नेकपासँग छैन : कांग्रेस नेता शेर्पा 

सोलुखुम्बु। नेपाली काङ्ग्रेसका पूर्व सभापति तथा यूवा नेता आङगेलु शेर्पाले  देसमा सयौंको संख्यामा जनप्रतिनिधिको पद रिक्त  भए पनि नेपाल कम्युनिष्ट पार्टीले जनमत विपरित भएकाले उपनिर्वाचन गर्ने हिम्मत गर्न नसकेको आरोप लगाउनुभयो। दिनप्रतिदिन सरकारको नेतृत्व गरेको नेकपाको गतिविधि जनताको भावना अनुरुप नभएकाले वितृष्णा पैदा भएको शेर्पाको भनाइ छ।

गणतन्त्र दिवस तथा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा भएको कार्यक्रमका अवसरमा नेता शेर्पाले नेकपाको नेतृत्वको सरकारले सेना, अख्तियार, मिडिया, अदालत जस्ता क्षेत्रमा कब्जा गर्दै अधिनायकवाद लाद्न खोजेको आरोप उहाँको छ।

सरकारले हावादारी कुरा गरेर मुलुक गम्भीर आर्थिक संकटमा पुर्याएको भन्दै जनताको आयस्तर बढ्न नसकेको शेर्पाको भनाइ छ।

पार्टीको विवादको विषयमा स्पष्ट पार्दै शेर्पाले आन्तरिक लोकतन्त्र मजबुत बनाउन फरक मत रहेको र नेताहरुसँग छलफल भइरहेकाले समाधानतर्फ अघि बढेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले नेपालमा कम्युनिष्टको ज्यादती बढ्दै गएको भन्दै अब कांग्रेसका कार्यकर्ता त्यसको विरुद्धमा लाग्नुपर्ने बताउनुभयो। अघिल्ला निर्वाचनको कमजोरीलाई विर्सेर भविष्यको योजना बनाउन लाग्नुपर्ने सुझाव उहाँको छ।

त्यस्तै, कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद निरौलाले पार्टी एकताको लागि सबै  किसिमको त्याग गर्न तयार रहेको बताउनुभयो। अर्का युवा नेता तथा विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य गणेश बस्नेतले कांग्रेसमा सुधार गर्न सबैले भूमिमा खेल्नुपर्ने बताउनुभयो।

नेपाली काङ्ग्रेस नेचासल्यान गाउँपालिकाका संयोजक नीरकुमार शर्माश अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेत, कार्यकर्ता, स्थानीय निर्वाचनका उमेदवार,  स्थानीय भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार