राईकको नयाँ गीत : आँखै लाउने काला गाजल….


युवा गायक मनराज राईले अर्काे नयाँ गीत बजारमा ल्याउनुभएको छ । यसअघि पनि चर्चित गीतहरु बजारमा ल्याइसक्नु भएका राईले नेपाली साँगीतिक बजारमा अर्को साँगीतिक कोशेली ‘आँखै लाउने काला गाजल…..’ बोलको गीत बजारमा ल्याउनु भएको छ ।

भर्खरै युट्युब च्यानल मार्फत अडियो बजारमा आएको यस गीतको शब्द किरण के. उप्रेतीले संयोजन गर्नुभएको छ भने पुष्कर सुनुवारको सङ्गित रहेको छ । गायक राईको एकल स्वरमा रहेको यो गीतले स्रोताको मन जित्नेमा राई विश्वस्त रहेको बताउनुहुन्छ ।

सङ्गितमा धेरै रुची राख्ने राईले एक पटक सुनेर सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । स्रोताको मायाले आगामी दिनमा अझ थप राम्रा गीत गाउन हौसला मिल्ने उहाँको भनाइ छ । सोलुखुम्बुको सल्यानमा जन्मनुभएका राई पछिल्लो समय गीत सङ्गीतमा जम्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार