ललितपुर । सानेपामा स्कार्पियो गाडीको ठक्करबाट एक जना पत्रकारसहित दुईको मृत्यु भएको छ ।
कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोको ठक्करबाट बा ४३ प ९८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लाई गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।
गोदावरी, ललितपुर निवासी उनी केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गर्थे । पछिल्लो समय भने उनी युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे । उनी लामो समयदेखि रेडियो पत्रकारको रूपमा पनि सक्रिय थिए ।राजाधानी दैनिकबाट