चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास

सोलुखुम्बु। सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीले गरेको प्रयास असफल भएको छ ।

गएरातिमहाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत  प्रहरी हतियार सहित बाहिरीसकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।

माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । यता जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको भन्दै प्रमुख  जिल्ला अधिकारी नरेन्द्र राना मगरले अहिले भन्नुपर्ने कुरा केही नभएको बताउनुभयो।

प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा  त्यस्तो भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार