भीम रावलको सरकारलाई झापड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल सरकार र पार्टीको संस्थापन पक्ष दुवै विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद र संसदबाहिर कडा भूमिका नदेखिइरहँदा सत्ता पक्षकै रावल संसदभित्र र बाहिर आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

सोमबार संसदको बजेटबारे छलफलमा उनले फेरि सरकारप्रति तथ्यसहित आलोचना गरे । सरकारको बोली र व्यवहारमा देखिएको भिन्नता शिक्षा क्षेत्रमा समेत देखिएको विषय उठाए । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचारको उद्देश्य राखेको कोरियाको विश्वविद्यालय काङनाङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीबाट सम्मान लिएको र शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता प्रसंग निकाल्दै भने,‘बजेटमा देशभक्ति र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने उल्लेख गर्ने तर धर्म प्रचारक विश्वविद्यालयलाई प्राथमिकता दिने ?’रिपोर्टर्सनेपाल डटकमबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार