लोकसेवाका अध्यक्ष हटाउने यादवको चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (नेपाल) का अध्यक्ष मण्डलका सदस्य एवम् प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले लोकसेवा आयोगले संविधानको मर्म र भावना विपरित विज्ञापन निकालेको भन्दै कडा आक्रोश पोखेका छन् । मंगलबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो आक्रोश पोखेका हुन ।

पूर्व मन्त्री समेत रहेका नेता यादवले संविधानको मर्म र भावना विपरित विज्ञापन ल्याईएको र मधेशीलाई पूर्ण रुपमा उपेक्षा गरेको आरोप लगाए । आयोगले उक्त विज्ञापन नसच्याए आफूहरु त्यसको विरुद्धमा सशक्त रुपमा उत्रिने पनि यादवको चेतावनी छ ।

उता, सत्तारुढ दल समाजवादी पार्टी, नेपालले लोकसेवा आयोगद्वारा हालै प्रकाशित विज्ञापन संवैधानिक र कानुनी दायराभन्दा बाहिर भएको आरोप लगाएको छ। उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ,’स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुँदै संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी, नेपाल घोर आपत्ती र विरोध गर्दछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार