शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले केही समय अघि गरेको शिक्षक सरुवा तत्काल  कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त सरुवा कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै असार ३ गते अदालतमा उपस्थित हुन भनेको छ।

शैक्षिक सुधारका लागि भन्दै गत वैशाख २५ गते ५ दर्जन बढी शिक्षक सरुवा गरेको थियो। गाउँपालिकाले यस वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा राखेको छ ।

राजनीतिक विचारका आधारमा सरुवा गरेको भन्दै गाउँपालिका शिक्षक महासंघले विरोध गरेको थियो भने शिक्षक डिल्ली खुलालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार