जागरण अभियानले कति जगायो कांग्रेसलाई ?

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको तल्लो तहसम्म पुर्नजागृत ल्याउन सुरु गरेको जागरण अभियानको पहिलो चरणको कार्यक्रम शनिबार सकिदै छ । पहिलो चरणअन्तर्गत देशका ७७ वटै जिल्लामा गरेको जागरण अभियान भने फितलो देखिएको छ । नेता तथा कार्यकर्ताहरुले यो जागरण अभियानबाट जुन उत्साह र पार्टी एकीकृत हुने सोचेका थिए त्यो हुन नसकेपछि पार्टी शिर्ष नेताहरुबाटै असन्तुष्टि समेत व्यक्त भए ।

७७ जिल्लाका सात सय ५३ स्थानीय तहसम्म कांग्रेसले जागरण अभियान व्यापक रूपमा गर्ने भने पनि पार्टी भित्रको लथालिङग संरचना र केन्द्रीय नेतृत्वमा रहेको असन्तुष्टिका कारण प्रभावकारी नदेखिएको हो। जागरण अभियानलाई प्रभावकारी बनाउन नेतृत्वले अनुशासन समिति परिचालन गरे पनि पार्टीको संरचना प्रदेश र स्थानीय तहमा नबनाएका कारण प्रभावकारी बन्न नसकेको देखिएको छ ।

पार्टीकै शिर्ष नेताहरुले जागरण अभियानले कार्यकर्तामा उत्साह ल्याउन नसेको भन्दै नेतृत्वको आलोचना समेत गरेका थिए । केही दिन अघि पार्टीका पुर्वमहान्त्री समेत रहेका नेता प्रकाशमान सिंहले संघीयता सहितको संविधान जारी गरेको कांग्रेसकै संगठनलाई संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले पार्टीले गरेको जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका थिए ।

त्यसो त जिल्ला जिल्लामा पुगेका नेताहरुलाई पनि कार्यकर्ताहरुले आफुहरु पार्टीप्रति इमान्दारिता भएको भन्दै सवैभन्दा पहिला नेताहरुविचनै जागरण ल्याउनुपर्ने भन्दै नेतृत्वको ध्यान आर्कषित गराएका थिए । तर पार्टी नेतृ डा.डिला संग्रौलाले भने जागरण अभियान उत्साहजनक रुपमा चलिरहेको भन्दै बाँकी कार्यक्रमहरु पनि प्रभावकारी हुने बताएकी छिन ।

यसअघि केही नेताहरुले भने नगरदेखि गाउँ वडासम्म पार्टी इकाइ नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाएको’, भन्दै नेतृत्वलाई प्रश्न समेत गरेका थिए । वैशाख २५ देखि सुरु भएको कांग्रेसको जागरण अभियानमा केन्द्रिय नेताहरुलाई ७७ जिल्लामै खटाइएको थियो ।

कांग्रेसको १३ औं महाधिवेशनले नै प्रदेश तहमा संरचना बनाउने बाटो खोले पनि नेतृत्वले अहिलेसम्म प्रदेश समिति बनाउनुको साटो गुटउपगुटको राजनितिमै लिप्त रहेका कारण सदन र सडक दुवै ठाउंमा भुमिका कमजोर देखिदै आएको छ । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको विश्लेषकहरुले विश्लेषण समेत हुदै आएको छ ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार