ओली फर्किएपछि खरेलको जागिर चट्

काठमाडौं।  नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको जागिर जाने निश्चित् भएको छ । निगमको नेतृत्व सम्हालेदेखि आजसम्म खरेलले निगमलाई प्रगतिभन्दापनि अद्योगतितर्फ लैजानेमात्रै प्रयत्न गरेकोमा सरकार रुष्ट छ । खरेल सुरुदेखि नै व्यक्तिगत स्वार्थ र निगमलाई डुबाउन निहित स्वार्थ समूहसँग लागिपरेको भन्दै निगमकै कर्मचारीपनि उनीसित रुष्ट बन्दै आएका थिए ।

एकपछि अर्को गरि विवादित निर्णय गर्ने र मनोमानी ढंगले चल्न खोज्दा खरेल पनि विवादमा मुछिएका छन् । खरेलको अदुरदर्शीता र असक्षमताका कारण सरकारलाई समेत अप्ठ्यारो पर्ने देखिएपनि उनीविरुद्ध तुरुन्त एक्शन लिने प्रधानमन्त्रीको तयारी छ । स्रोतकाअनुसार प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै खरेलमाथि एक्शन लिने योजना छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतको दाबी छ,‘प्रधानमन्त्रीज्यू युरोपबाट फर्किनेबित्तिकै अब खरेलले जागिरबाट हात धुनुपर्ने अवस्था आउँछ । यसबारेमा तयारी भैरहेको छ ।’

खरेललाई स्पष्टीकरणसहित चेतावनीयुक्त भाषामा विभागीय मन्त्रालयले समेत पत्र काटिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पनि ९ वटा जहाजमा ५ वटामात्रै उडेको सुनाउँदै किन जहाज उडेन ? वाईडबडी ओशाका किन उडेन ? लगायत विषयमा निगमका अध्यक्ष मदन खरेललाई हामीले पत्राचार गरेका छौं । उनले पनि खरेललाई पदबाट हटाउने पक्षमा सरकार रहेको खुलासा गरे ।

खरेलले मन्त्रालयसँग कुनै समन्वय नगरेको र एकलौटी गरेकोमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु पनि रुष्ट छन् । स्रोतको दाबी छ,‘खरेलले महत्वपूर्ण निर्णय गर्दा मन्त्रालयलाई थाहा नदिने र प्रधाानमन्त्रीकहाँ गएर चाकरी गर्ने गरेका छन् ।’रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार