सत्तारुढ दलकै सांसदले मागे सन्चारमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद रामवीर मानन्धरले सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले गुठी प्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सन्चारमन्त्रीको राजीनामा मागेका हुन् ।

सांसद मानन्धरले सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको भन्दै सन्चारमन्त्रीले कि क्षमा माग्नुपर्ने कि राजीनामा दिनुपर्ने बताए ।

उनले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिरसमेत गरे ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए ।

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै उनले प्रधानमन्त्री नै संघीयताविरोधीकारुपमा देखापरेको जिकिर गरे ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको भन्दै गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै उचित निर्णय लिन सुझाव दिए ।इमइमेजखबर।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार