सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले केही समय अघि गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।
न्यायाधीश दिपककुमार कार्की र डम्बर बहादुर शाहीको संयुक्त इजलासले यस अघि सर्वोच्च अदालतले जारी गरेको उक्त आदेश खारेज गरेको हो।
शिक्षक डिल्लीबहादुर खुलाल बस्नेतले गैरकानुनी तवरले गरेको शिक्षक सरुवा बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। अब गाउँ तथा नगर शिक्षा समितिले सरुवा गरेको विद्यालयमा शिक्षक जानुपर्ने छ।