लवाईखवाई हेर्दाखेरी लागेनकी धनी
मागी हेर दिन सक्छु पैसा गनिगनी
विचार गर साँईली
बाँचे खानी भातै हो
मरे लानी घाटै हो
माथिका शब्दलहर सोलुखुम्बुमा कार्यरत सञ्चारकर्मी शिखरजंग श्रेष्ठको सिजना हो । पत्रकारितासँगै गीत लेखनलाई सँगै अघि बढाउँदै आउनुभएका श्रेष्ठले दर्जनौँ लोक तथा दोहोरी गीतमा कलम चलाईसक्नुभएको छ । उहाँ सांगीतिक क्षेत्रमा शिखर गजरकोटेले परिचित हुनुहुन्छ ।
उहाँको लेखन तथा प्रियजन राईको भाकामा तयार भएको पुर्वेली गीत ‘विचार गर साँईली’ गायिका ईन्द्रकला राई र गायक प्रियजन राईको स्वरमा स्रोतामाझ आएको हो । पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानलबाट डिजिटल बजारमा पठाईएको गीतको संगित संयोजन सन्तोष प्रगाढले गर्नुभएको हो ।
प्रियजन राईको निर्देशनमा तयार भएको भिडियोमा हाँस्यकलाकार गणेश ईसारालगायतले अभिनय गरेका छन् । नरेश ऐरले क्यामरा चलाएको भिडियो तुलसी बास्कोटाको सम्पादनमा तयार भएको हो ।
गीतकार गजरकोटेको सिर्जनामा पुर्वेली गीत ‘पानी मिठो यारी खोलाको’, ‘पुर्वेली कान्छी’, ‘चुल्ठो बाटीहाल’, ‘माया गाढा भो’, ‘बार लाउ है मायाले’ यसअघिनै स्रोता दर्शकले मन पराएका गीत हुन् भने ‘तनहूँ गजरकोट’, ‘छाता थेन’, ‘हावापानीले’ लगायतका गीत पनि उहाँकै सिजनामा बजारमा आइसकेका छन् ।