विप्लव समूहको बन्दले जनजीवन प्रभावित, विभिन्न स्थानमा बम भेटियो

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बस्दका कारण जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौं भन्दा पनि विभिन्न जिल्लाहरुमा सवारी साधन चल्न सकेका छैनन् ।

काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा बन्दको प्रभाव खासै नदेखिए पनि बाहिरी जिल्लाहरुमा बन्दको सामान्य असर देखिएको छ ।

पूर्वी नेपालको इलाममा लामो तथा छोटो दुरीका यातायात चल्न सकेका छैनन् । बजार र सडक क्षेत्र सुनसान झैं देखिएको छ ।

चितवनको खैरैनी पर्सा बजारमा शंकास्पद वस्तु फेला परेको छ । बैतडीमा प्रेसरकुकर बम भेटिएको छ ।

यता, बाग्लुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

नेपाल बन्दलाई सफल बनाउन शंकास्पद वस्तु राख्दै आएको नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु राखेपछि स्थानीय त्रसित बन्न पुगेका छन् ।

पार्टीको केन्द्रीय नेतालाई पक्राउ गरेपछि मुठभेदको नाममा हत्या गरेको विरोधमा आव्हान गरेको नेपाल बन्दको कारण सम्पूर्ण यातायातका साधन बजार शिक्षण संघसंस्था प्रभावित बन्न पुगेको छ ।

बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् ।

बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि विप्लव समूहले बन्दको आब्हान गरेको बताएको छ ।

पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार