नारी सर्वसृष्टि, व्यवहारमा किन कुदृष्टि ?


भनिन्छ नि, नारी सब थोक हुन, नारी विनाको घर शून्य हुन्छ । तर अब त्यस्तो रहेन किन कि नारी भएको घरमा भय र त्रासमय हुने अवस्था आइरहेको छ । नारीलाई हरेक पलपलमा विभिन्न किसिमका समस्याहरुबाट बच्नलाई धौधौ परिरहेको छ । एकछिन साथीको घरमा गएकी एउटी नारी (बालिका) घरबाट निस्किएपछि घर आइपुग्दिन, त्यस्तै गरि बिहान वेलुकीका लागि गाँसको बन्दोवस्त गर्न निस्किएकी नारी आफू एकपल पनि सुरक्षाको अनुभुति गरेर घरसम्म आइपुग्न हम्मेहम्मे महशुस गर्नु परेको अवस्था छ ।

नारीलाई पूजा गर्नुपर्छ भन्ने मान्यता हैन तर नारीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । नारी पहिला जस्ती छैन किनकी नारीहरु पनि राम्रो र शिक्षित बनीसकेका छन् केवल अब त हिँडेको ठाउँ र गरेको कामको उचित मूल्य र सुरक्षाको अनुभूति दिन सक्नुपर्छ । कति ठाँउमा नारी जहिले पनि संघर्ष गर्नुपर्ने दिन आएका हुन ? आखिर नारीलाई स्वत नारीको रुपमा खुल्ला भएर बाँच्ने वातावरण त होस् न कम्सेकम । हरेक दिन नारीका बारे खराब समाचार सुन्नु परिरहेको छ । एकछिन बाहिन निस्कनु पर्दा पनि आङ सिरिङ्ग हुँदै निस्कनु परेको छ । भा कतै कुमनस्थिति बोकेकाहरुले कहीँ कतैबाट के गर्छन नि भन्ने मनभरी शङ्काको घेरा बनाएर निस्कनु पर्छ । के गर्नु बिहान निस्केकी नारी बेलुका शकुसल घरसम्म पुग्नु नै बडो सामथ्र्यको विषय बन्न थालेको छ । कति दिन यसरी हामी नारी डराएर हिड्डुल गर्नुपर्ने हो ? किन हाम्रा आवाज र व्यथालाई सुनुवाई हुन्नन् ? दैनिक जीवनमा यति धेरै मार परेको कि घरमा बस्ने आमाबुबालाई पीडा माथि पीडा थपिएको छ । बुढा भएका बाआमालाई बल्ल हरेक कुरामा पालो दिने समयमा छोरीहरु बाहिर निस्कदा पनि त्रासपूर्ण वातावरण भइदिइएको कारण घरमा कुन समयमा आइ पुग्लान् भनी बाटो कुर्दाकुर्दै हरेक समाजमा घटेको समाचार सुन्दै आङ सिरिङ्ग बनाउँदा बनाउँदै दिन बित्ने समय छ । कमाएर ल्याउलन अनि गाँसको व्यवस्था गर्लान् भन्दा पनि कसरी आइपुग्लान् भनी त्रासपूर्ण वातावरण बढी बनिरहेको छ ।

समाजमा व्याप्त रुपमा नै डरलाग्दा घटनाहरु बढिरहेका छन् । तर सरकार र सरोकारवाला निकायहरु आँखामा पट्टी लगाएर मौन रुपमा आफ्नो असली रुपमा प्रस्तुतीहरु दिइरहनुभएको छ । यहाँ हरेक दिन नारीको अस्थित्व लुटिइरहेको छ । यहाँ रहेक तरिकाबाट नारीलाई नै विशेष त्रसित बनाउँदै यो समाजमा बस्ने दानव जातिका मानिसहरुले वातावरणलाई असन्तलुन बनाई रहेका छन् । केहीदिन अगाडी काठमाण्डौँको विभिन्न स्थानमा नारीहरुलाई केही मानिसहरु बाइकमा आएर केही धारिलो वस्तुले शरीरको कुनै पनि अङ्गमा घोची दिइएर फरार हुने घटनाले पनि यहाँ धेरै नारीहरुको मनमा त्रास पैदा गरेको छ । यो के वस्तुले घोचेको हो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ? किन यतिका दिन भै सक्यो यस्तो विकृतिलाई रोकथाम समयमा नै गर्नुपर्ने अवस्थामा सम्बन्धित निकाय के हेरेर बसिरहेको छ ? यस्तो सानातिना समस्या भनेर विशेष निगरानी नगर्नु नै सरकार र सरोकार पक्षको ठूलो दुर्भाग्य हो । यस्तो विकृती विसङ्गतीलाई समाजले उन्मूख गर्नुपर्ने हुन्छ ।

जब कुनै पदको कुराहरु आउँछ त्यतिबेला चाँहि अनेक सपना र नारीका अस्थित्वका पक्षधर भएर भाषण गर्ने तर आज नारीहरुमा विषम समस्या आइपर्दा चाहिँ मौन भएर बस्ने कस्तो पख हो यो ? सडकका आवाज सदनमा पुर्याउन कै निम्ति हैन तपाईहरुको पद ? हो जो जति महिला दिदी बहिनीहरु सडकका नै मानिसहरुले आज जुन सदनमा तपाईहरुलाई पुर्याउनु भएको छ नबिर्सनु ती दिनहरु सडकमा हुँदाका आवाजहरु पदले गर्दा आज पथलाई धरापमा पार्दै हुनुहुन्छ ? एकपटक सडकका आवाज सुन्नुहोस् दिनानुदिन नारीहरुलाई गरिने व्यवहार के कस्तो नरसंघारमा जाँदैछ ? यो हाम्रो समाजमा नारीहरुलाई अधिकार पहिला भन्दा धैरै नै दिइएको छ साथै नारीहरु स्वाबलम्बी पनि धेरै नै बनिसकेका छन् तर त्यो पाएको अधिकार भन्दा बढी नारीहरुलाई पीडा र हिंसामा पारिरहेको छ यो समाजले यो सबै सम्वन्धित निकायको काम कारवाहीमा जथाभावी भएको कारण नै प्रमुख समस्या बन्दैआएको छ । यो समाजमा यस्ता महिलामाथी हुने विभिन्न दुर्व्यबहारको निगरानी अहिलेको सरकार वा स्थानीय, प्रदेश र संघले आफ्नो मातहतमा रही घटनाको प्रकृति हेरी नातावाद कृपावाद भन्दा धेरै पर गएको नीति र कानूनी उपचार पक्षपात रहित गरियो भने यस्ता प्रकृतिको घटनाहरु वा नारीहरुको जीवनमा केही सूर्यको किरणको प्रत्याभूती गर्न सकिने थियो की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार