टिपरले मोटरसाइकल चालक सोलुखुम्बुका राईको ज्यान लियो

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुर थिमि राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ५३४३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३ ००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोलुखुम्बु पान्चानका २९ वर्षीय फ्रेमकुमार राई छन् ।

तीव्रगतिमा आएको टिपरले मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी शान्तिराज कोइरालाले बताए । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक दुर्घटनापछि फरार छन् ।
टिपरको ठक्करबाट सख्त घाइते राईको उपचारको क्रममा मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको प्रहरीले जनाएको छ ।kantipurdaily bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार